वडाध्यक्ष धामीको हत्या अनुसन्धानमा सात जना पक्राउ

काठमाडौँ, २२ माघ । अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याको अनुसन्धानमा सात जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौँदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।

मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानमा बुधबार बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021