समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दिया, २२ माघ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न बिषयमा मंगलबार प्रशिक्षण प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा “एक स्कुल एक कार्यक्रम” अन्तर्गत उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, सडक दुर्घटना, कोरोना भाइरस लगायतका विषयमा श्रव्यदृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको हो ।

साथै जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहत कार्यालयको सहकार्यमा बढैयाताल गाउँपालिका-२ सियापुरस्थित ओम शान्ति बौद्ध सहकारी संस्थानको हलमा सोही वडाका जेष्ठ नागरिक र महिला आमाहरुलाई कोरोना भाइरस सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021