क्यान्सर जितेका साहसी वालक रिम्पोे निमोनियासँग हारे

काठमाडौँ, २२ माघ । बलराम प्यासी । विगत दुईवर्षदेखि ब्लड क्यान्सरको नियमित उपचार गरी स्वस्थ भएर विद्यालय जान थालेका पोखराका १३ वर्षे साहसी वालक रिम्पो योल्मोले क्यान्सरभन्दा साधारण रोग निमोनियालाई भने जित्न सकेनन् ।

अन्तत् उनले १३ वर्षको कलिलो उमेरमै ओम अस्पताल चावहिलमा मंगलबार राती देह त्यागे । गत पुसको अन्त्यतिर साधारण विरामी भएर पोखराको फिसटेल अस्पतालमा चारदिन उपचार गरि माघ १ गतेदेखि रिम्पो ओम अस्पतालमा निमोनियाको उपचार गराईराखेका थिए । चारदिन आइसियु र १७ दिन साधारण शैय्यामा राखेर उपचार गरी डिस्चार्ज हुने क्रममा रहेका रिम्पो मंगलबार राती एक्कासी सिकिस्त भएका कारण उनलाई फेरी आइसियुमा लगिएकोमा त्यही नै उनको निधन भएको रिम्पोका बुबा नर्वु योल्मोले बताए ।

ओम अस्पतालका वरिष्ठ वाल क्यान्सररोग विशेषज्ञ डा.प्रकाश निधि तिवारीको प्रत्यक्ष रेखदेखमा दुईवर्षसम्म ब्लड क्यान्सर (एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया)को उपचार गरि स्वस्थ भएपछि उनी गत केही महिनादेखि आफु पहिला पढ्दै आएको पोखराकै मेरिगोल्ड वोर्डिङ्ग स्कुलमा ८ कक्षामा भर्ना भएर विद्यालय जान थालेका थिए ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर एवम् नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर निको भएका र उपचार गराईराखेका वालवालिकालाई सहभागी गराई गत साउन १८ गते नेपालमै पहिलोपटक आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्याम्प वाक’ मा रिम्पोले आफ्नो मनको वह पोख्दा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अतिथिहरु भावविह्ल भएका थिए ।
‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने जनमानशमा सन्देश फैलाउँदै आएका साहसी वालक रिम्पो २०६४ साल साउन १३ गते पोखरामा जन्मेका थिए ।

स्वर्गीय रिम्पो योल्मोको पार्थिव शरीरको बुधबार विहान बौद्ध धर्मसंस्कृति अनुसार पशुपति आर्यघाटस्थित विद्युतिय शवदाह गृहमा शवदाह गरियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021