अल्पमत र बहुमतको भ्रम कसैले नपाल्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री तथा नेपाल कम्इुनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याउने दावी गरेका छन् ।

उनले अखिल नेपाल महिला स्रघको एकता घोषणा तथा शपथ ग्रहण कार्यक्रमममा यस्तो दावी गरेका हुन् । प्रधानमन्त्रीले समानतासहितको समृद्धिको लागि सरकारले गष्रेका कामका आधारमा निर्वाचनमा दुई तिहाइ ल्याउने बताए । उनले कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिंदै भने,‘एकताबद्ध भएर जनतामा जानुस् । त्यसो भए आागमी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन ।’

अध्यक्ष ओलीले पार्टीको आन्तरिक विवादका विषयमा समाचारमा आएजसरी अल्पमत र बहुमत नभएको स्पष्ट पारे । उनले भने, ‘पार्टीमा सबै निर्णय तथा कार्य सहमतिका आधारमा भइरहेका छन् । अल्पमत र बहुमतको भ्रम कसैले नपाल्दा हुन्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका