सँधै सम्पादकले बलिङ गरे, यस पटक मैले ब्याटिङ गरेँ : प्रम ओली

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकको मुटु नभएको भन्ने प्रसंगमा उहाँले सँधै सम्पादकले बलिङ गर्ने गरेको भन्दै यस पटक आफूले ब्याटिङ गरेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छापा, रेडियो र अनलाइनका सम्पादकसँग प्रधानमन्त्री ओलीले मंगलबार समसामयिक विषयमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय अघि केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको भन्दै टिप्पणी गर्नुभएकोमा उहाँको यो टिप्पणीको आलोचना भएको थियो ।

छलफलका क्रममा ठट्टा गर्दै ओलीले सम्पादकहरुलाई भन्नुभयो, ‘कति तपाईँहरु मात्रै बलिङ गर्नुहुन्छ, कहिलेकाहीँ त मैले पनि ब्याटिङ गर्न पाउनु पर्यो नि !’

प्रधानमन्त्री ओलीले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको स्पष्ट पार्नुभयो । साथै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले कहिल्यै नखुम्चाउने पनि प्रष्ट पार्नुभयो। उहाँले बालुवाटरको जग्गामा भएको अनियमितताबारे छानबिनपछि मुद्दा चलाइने जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021