चीन सरकार जसरी नाच्छ, त्यही तालमा खुट्टा उचाल्नुपर्छ भन्ने छैन : मन्त्री ढकाल

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा १७ हजारमा संक्रमण फैलिएको र नेपालमा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखिएको बताउँदै चीन सरकार जसरी नाच्छ त्यही तालमा खुट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास नगर्ने बताउनुभएको छ ।

मंगलबार संसदलाई सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताउँदै संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको उहाँले जानकारी गराउनुभयो ।

मन्त्री ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले आवश्यक आदेश जारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानूनी प्रावधान अन्तर्गत हिजो मन्त्रिपरिषद बैठकबाट आदेश जारी गरेका छौं । जुन जुन देशले (चीनबाट) लानुभयो । त्यहाँ पनि छिटपुट प्रतिक्रिया आएका छन् । त्यसलाई समेत मध्यनजर गरी जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याउनेछौं ।’

सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको थियो, जसमा १ सय ८० जनाले स्वदेश फर्किन चाहेको समेत उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालकाअनुसार चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याइनेछ । ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले पठाउँदैन । संक्रमण नभएको पुष्टि भएपछि पनि सावधानीका साथ ल्याउँछौं’ उहाँले भन्नुभयो ।

नेपालको विमानस्थलमा पनि विशेष सुरक्षाको प्रविधि अपनाएका स्वास्थ्य प्राविधिकले उनीहरुलाई रिसिभ गरी १४ दिन क्वारेन्टाइनमा राख्ने बताउँदै मन्त्री ढकालले भन्नुभयो, ‘१४ दिनसम्मको परीक्षणबाट भाइरस देखिएन भन्ने प्रमाणित भएपछि उहाँहरु सार्वजनिक सम्पर्कमा, आफन्तसँग भेटघाटमा जान सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ वैशाख । उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । १५ वैशाखमा हुने

काठमाडौँ, १२ वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार

काठमाडौँ, १२ वैशाख । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ आज दोस्रो नम्बरमा छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू

काठमाडौँ, १२ वैशाख । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको