उपप्रधानमन्त्री पोखरेल र बेल्जियमकी राजकुमारीबीच शिष्टाचार भेट

काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच शिष्टाचार भेट भए छ ।

उनकै कार्यकक्षमा उपप्रधानमन्त्रीले बेल्जियमकी राजकुमारीलाई स्वागत गर्दै नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा खुशी व्यक्त गरे । सो भेटमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताए ।

उपप्रधानमन्त्रीले बेल्जियम सरकारले नेपालको आर्थिक, सामाजिक विकासमा पुर्याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे । भेटमा राजकुमारी एस्ट्रिड अध्यक्ष रहेको बेल्जियमको डेमियन फाउन्डेसनले नेपालका क्षयरोग तथा कुष्ठरोगबाट ग्रस्त बिरामीहरूको स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताको लागि आभार व्यक्त गरे ।

भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी एस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनैतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् । नेपाल र बेल्जियमबीच आगामी दिनमा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दुई देशबीच व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको र यसका लागि आफूले सक्दो पहल गर्ने कुरा उनले भेटवार्ताका क्रममा व्यक्त गरिन् ।

शिष्टाचार भेटका अवसरमा राजकुमारीका श्रीमान, बेल्जियमका लागि नेपालका राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको रक्षा मन्त्रालयका प्रवक्ता एवं सह सचिव सन्तकुमार सुनारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्