सोलुखुम्बुमा गोली चल्यो

सोलुखुम्बु, ४ माघ । सोलुखुम्बुमा गोली चलेको छ ।

सोलुखुम्बुको तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ ।

केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२र१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् । तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।

तर तिङ्लाबासीले त्यसको विरोध जनाए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा

काठमाडौँ, १६ फागुन । सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी

काठमाडौँ, १६ फागुन । अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्