छोरीको हत्या, बाबुको मृत्यु र दाई पक्राउ

काठमाडौँ, ४ माघ । आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ भने हत्यामा बालिकाको बुबा पनि संलग्न थिए ।

पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस-१ घर भएका (साविकको) रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल-भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरमद गरेको थियो । बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । उनीहरुले नै बालिकाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।

भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई विशेष सुराकीको आधारमा प्रहरीले नेपाल-भारत सीमाबाट माघ २ गते पक्राउ गर्न सफल भएको छ । यता, भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको