खसी चोर पक्राउ

काठमाडौँ, २ माघ । सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब प्रहरीले जनाएको छ ।

यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए । प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा

काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ । यसैगरी

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ