छुट्टाछुट्टै दुर्घटनामा ४ महिने शिशु र ५ वर्षीय बालकको मृत्यु

काठमाडौँ, २ माघ । बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । बारा प्रहरीका अनुसार मृत्यु हुनेमा दुवैजना भारतीय नागरिक रहेका छन् ।

बारास्थित गढीमाई मन्दिरमा माघे संक्रान्तीको अवसरमा लागेको मेला भरेर फर्कँदै गर्दा महागढीमाई नगरपालिका २ बरियारपुरमा बीआर ०५ टिए ०५३५ भारतीय नम्बरको टेम्पोले ठक्कर दिँदा भारतको मोतिहारीका ४ महिने बच्चा ज्योती साहको मृत्यु भएको हो ।

भिडभाड बाटोमा हिडिरहेका बेला बच्चा खस्दा टेम्पोले बच्चालाइ किचेको थियो । त्यसैगरी महागढीमाई नगरपालिका ७ बेनौली चोकमा भारतीयबाट तिर्थ यात्रु बोकर एउटा ट्याक्टरले किच्दा भारतकै आधापुर थाना भन्ने ठाउँका ५ वर्षीय बालक रिदम साहको ज्यान गएको थियो ।

स्कुटर अन्यन्त्रीत भएर भुइमा लडेका बेला पछाडिबाट ट्याक्टर किचेको प्रहरीले जनाएको छ । मृतक बालक उनका अभिभावकसँग स्कुटरमा सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने