पाँच जना जुवाडे पक्राउ

काभ्रे, २ माघ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका-९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बुधबार बेलुका जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका १५ जनाको खोजीकार्य भईरहेको र दुई वटा चेकबुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा

काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ । यसैगरी

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ