धनुषा, १ माघ । धनुषामा एक थान पेस्तोल र म्याग्जिनसहित दुईजना पक्राउ परेका छन् ।
हतियार इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतोलाई पक्राउ गरेको हो ।
महतोको घरभन्दा ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाएको अवस्थामा पेस्तोल फेला पारेको हो । पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।