काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
आज नयाँदिल्लीमा नेता पौडेल र रक्षामन्त्री सिंहबीच भेटवार्ता भएको हो । भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गरेका छन् ।
काठमाडौंका विभिन्न अस्पतालमा रक्तचाप परीक्षण गर्दा फरक– फरक अवस्था देखिएपछि पौडेल उपचारका लागि नयाँदिल्ली गएका छन् । सोही क्रममा पौडेलले राजनीतिक भेटघाट पनि गरेका हुन् ।