तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्

काठमाडौँ, १ माघ । अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा सबै नेपालीको पहुँच पुग्ने भएको छ । आउने तीन वर्षभित्र राष्ट्रिय ग्रिड सबै नेपालीसम्म पु-याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले ग्रामीण विद्युतीकरणको कामलाई तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।

प्राधिकरणका वितरण तथा व्यापार विभाग प्रमुख प्रबल अधिकारीले अबको तीन वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् सुविधाका लागि प्राधिकरणको राष्ट्रिय ग्रिड पु-याउने लक्ष्य लिएर प्राधिकरणले कामलाई तीव्रता दिएको जानकारी दिए ।

अहिले प्राधिकरणको राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको बताउँदै उनले भने, ‘‘अबको तीन वर्षभित्र हरेक नेपालीको घरसम्म प्राधिकरणको राष्ट्रिय ग्रिड पु-याइसक्ने छौँ ।’’ राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु-याउने लक्ष्य प्राधिकरणको रहेको उनले बताए ।

राष्ट्रिय ग्रिडमा सबै नेपालीको पहुँचसँगै प्रतिव्यक्ति विद्युत् खपतको अनुपातसमेत बढ्ने बताउँदै उनले सन् २०२३ सम्म प्रत्येक नेपालीको वार्षिक विद्युत् खपत सात सय र सन् २०२८ सम्म पन्ध्र सय युनिट पु-याउने लक्ष्य प्राधिकरणको रहेको जानकारी दिए ।

अहिले प्रतिव्यक्ति कम विद्युत् खपत गर्ने मुलुकमध्ये नेपाल पनि एक रहेको छ । अहिले प्रत्येक नेपालीले वार्षिक करिब २४५ युनिट विद्युत् खपत गर्ने गर्दछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021