खोटाङ, २९ पौष । खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ ।
मंगलबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने गोपी कटवालको घरमा आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।