महँगीले एक छाक कटाउनै मुस्किल

काठमाडौँ, २९ पौष । हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ ।

हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो ।

नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ ।

रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ ! कति साह्रो महँगी बढेको हो ? किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।

दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउनसमेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने ? महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021