थ्री नट थ्री राइफलसहित एकजना पक्राउ

काठमाडौँ, २८ पौष । बेनी नगरपालिका-२ भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् ।

आइतबार राति ३० वर्षीय रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । उनको घरमा छापा मार्दा ८९४० नम्बरको सो राइफल एक नाल, सोको म्याग्जिनमा लोड भएको गोली सात राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक एक थान र सोको बारुद छर्रा तीन डब्बा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार भेटिएको थियो । पक्राऊ परेका उनीमाथि थप अनुसन्धान अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा