काठमाडौँ, २८ पौष । नेपाल महिला उद्यमी संघ, समृद्धि फाउन्डेसनले राजधानीमा आयोजना गरेको मिश्रित वित्तसम्बन्धी कार्यक्रमका सहभागीले लगानीको उच्च जोखिम नै लगानीको अवरोध भएको बताइएको हो ।
यसै कारण निजी क्षेत्रको लगानी प्रवद्र्धन विकासशील मुलुकमा हुन नसकेको सहभागीले बताए । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गरिनुपर्ने बताए । महिला आर्थिक रूपमा सशक्त भए त्यसले शिक्षा एवं रोजगारीमा समेत धेरै सहयोग पुर्याउने उनको भनाइ छ ।
सहकारी माध्यमबाट महिलाको आर्थिक सशक्तीकरणमा धेरै सहयोग पुगे पनि उनीहरूलाई थप उद्यमशील बनाउनतर्फ सहयोग आवश्यक रहेको बताए ।