युएई, २७ पौष । संयुक्त अरब इमिरेट्स (यूएइ)ले नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत घोषणा गरिएको सहयोग नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले उक्त सहुलीयत कर्जा स्वीकार गर्नुभएको हो ।
मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ ।