दोलखा, २७ पौष । दोलखामा टिपर पल्टिँदा टिपरमा सवार ४ जना घाइते भएका छन् ।
आइतबार बिहान भिमेश्वर नगरपालिका-१ राम्पामा बा ४ ख ६११६ नम्बरको गिट्टी बोकेको टिपर पल्टिँदा ४ जना घाइते भएका हुन् । टिपर सडकबाट करिब १५ मीटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारको लागि चरिकोट पठाइएको छ । दुर्घटना पश्चात चालक फरार रहेकाले उनको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारको लागि चरिकोट पठाइएको छ ।
दुर्घटना पश्चात चालक फरार रहेकाले उनको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।