हत्या गरेको अभियोगमा एक जना पक्राउ

रसुवा, २७ पौष । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आपसी वाद-विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका तामाङलाई सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021