प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय पक्राउ

भक्तपुर, २७ पौष । प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार बेलुका ड्युटिमा खटिएको प्रहरीलाई एक हजार नगद दिएर फकाउन खोज्ने बोडे बस्ने २६ वर्षीय महोमद दिल्दार मिया नामका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको फेला पारी कारबाही गर्ने क्रममा मियाले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय