फाइबर बिछ्याउन अन्तिम सम्झौता

काठमाडौँ, १९ पौष । देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित सम्झौता गर्नुपर्ने समझदारी भएको थियो । सम्झौतामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार दुई वर्ष्भित्र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै टेलिकमले फाइबर बिछ्याउने छ । त्यस्तै मध्यपहाडी लोकमार्गबाहेक कतिपय स्थानमा हुलाकी मार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमले पाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021