धनकुटा, ८ पौष । धनकुटामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर चौबिसे गाउँपालिका-७ का ५२ बर्षीय लाकबर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो सवा १ बजे मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






