कास्की, ८ पौष । पोखरामा बसबाट ओर्लने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।
आज बिहान महानगरपालिका-१७ मा ग १ क २४९९ नम्बरको बालोदय स्कुलको बसबाट ओर्लने क्रममा लडेर पर्वत स्थायी ठेगाना भई हाल पोखरा बस्ने २६ वर्षीया सरीता पौडेलको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।
लडेर गम्भीर घाइते भएकी पौडेलको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो ।
बस र चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।






