काठमाडौँ, ८ पौष । चन्द्रागिरी नगरपालिका-१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका-४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका-७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको महानगरी प्रहरी वृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।
उनी प्रदेश ३-०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउँन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।
उनलाई ठक्कर दिने गाडी र चालक फरार भएकाले कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको डीएसपी श्रेष्ठले बताए ।






