कालापानीमा सीमा समस्या रहेको भारतद्वारा स्वीकार, भन्यो– समाधान गर्न तयार छौं

काठमाडौँ, ८ पौष । नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ ।

सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकार्दै भारतले पत्र नै पठाएको छ ।

यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्लेख गरेको छ । वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ ।’ आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको