अवैध यार्सागुम्बासहित तीन जना पक्राउ

काठमाडौँ, ७ पौष । काठमाडौंको नागढुंगाबाट अवैध रुपमा बिक्री वितरणका लागि बोकेर हिँडेको अवस्थामा प्रहरीले यार्सागुम्बासहित ३ जनालाई पक्राऊ गरेको छ ।

सोमबार बिहान चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ४ किलो २ सय ४५ ग्राम अवैध यार्सागुम्बासहित दार्चुला दुहम गाउँपालिका-५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा, भारत उतराखण्ड ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र भारत उतराखण्ड ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिँह पक्राऊ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले यूके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा खोलेर चेकजाँच गर्ने क्रममा चालकको सिट पछाडिको दुबै तर्फ रहेको बोतल स्ट्याण्डबाट उक्त परिमाणको यार्सागुम्बा बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद सवारी साधन र यार्सागुम्बासहित थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न