नक्कली घिउ उत्पादनमा संलग्न तीन जना  पक्राउ

वीरगञ्ज, ७ पौष । रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन  गरि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने घिउ उत्पादनमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन प्रयोग गरी घिउ उत्पादन गरेको भेटेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिए । एसपी राठौरका अनुसार, त्यसरी उत्पादित घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादवलाई प्रहरीले पक्रेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न