काठमाडौँ, ७ पौष । विभिन्न धाकधम्की दिई उपत्यकामा व्यापारी र सर्वसाधारणलाई रकम असुल्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राईलाई प्रहरीले आइतबार बेलुकी कोटेश्वरबाट पक्राउ गरेको छ ।
धिताल र राईले काठमाडौँ हातखुट्ट भाँची अङ्गभङ्ग गरिदिने धम्की दिँदै रकम असुल्ने गरेका थिए । सर्वसाधारणले गरेको गुनासोको आधारमा धिताल र देवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखि थप अनुसन्धान भइरहेको छ ।





