कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

काठमाडौँ, ६ पौष । काठमाडौंबाट ६ केजी अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना पक्राउ परेका हुन् ।

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ४/४ वटा ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थमा ६ केजी कोकिन बरामद भएको डीआइजी दिनेश अमात्यले जानकारी दिए ।

वोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज भने लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन् । विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको वयानका आधारमा प्रहरीले उनीहरुलाई होटलबाट पक्राउ गर्न सफल भएको हो ।

डीआइजी अमात्यले भने, ‘बरामद गरिएका कोकिनको प्रयोग युरोपियन मुलुकका साथै जापान, चीन लगायतका देशमा हुने गरेको छ । तर नेपालमा भने यसको प्रयोग भएको पाइँदैन ।’ बरामद भएको कोकिनको बजार मूल्य करिब १५ करोड रुपैयाँ बराबरको हुन सक्ने अमात्यले बताए ।

पक्राउ परेका चार जनालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न