मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक सहित ६ घाइते

नुवाकोट, ६ पौष ।  नुवाकोटमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ भने  चालक सहित ६ जना घाइते भएका छन् ।

आइतबार बिहान विदुर नगरपालिका-६ मन्थलामा बा २ क ७९१० नम्बरको मिनीट्रक सडकबाट करिब एक सय मीटर तल खस्दा मिनी ट्रकमा पछाडी सवार रसुवाका १८ वर्षीय सुदिप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार मंगलबार साँझ

काठमाडौँ, २४ मंसिर । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ । उपाध्यक्ष

काठमाडौँ, २४ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २४ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।