मोटरसाइकल चोरी गर्न खोज्ने चार जना पक्राउ

पर्सा, ५ पुस । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका-६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, सोही नगरपालिका-५ मलहनिया बस्ने १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका-५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् ।

उनीहरुलाई पर्सा वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट मोटरसाइकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र प्लक  २ थान सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,