जनवरीमा युरोपियन युनियनबाट बेलायत बाहिरिने

एजेन्सी, ५ पौष । बेलायत आउँदो जनवरी ३१ मा युरोपियन युनियनबाट बाहिरिने भएको छ ।

संसदमा प्रधानमन्त्री बोरिस जोन्सनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत इयूबाट बाहिरिने मार्ग प्रसस्त भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको हो, अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।

बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै