किन बढ्दै छ सडक दुर्घटना ? दैनिक १० बढीको मृत्युको कहालीलाग्दो श्रृंखला

काठमाडौँ, ३० मंसिर । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६/७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

यसरी दिनदिनै हुने सडक दुर्घटनाबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण दुर्घटना हुने हो । ठाउँअनुसार यिनै कारणले दुर्घटनामा भूमिका खेलिरहेको हुन्छ ।’

सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप लाग्ने गरेको छ । सरकारले व्यवसायी र चालकलाई दोष दिने गरेको पाइन्छ । व्यवसायी भने सरकारले समयमै बाटो मर्मत सम्भार नगर्दा दुर्घटना निम्तने गरेको गुनासो गर्छन् । सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न चुक्दा बढी दुर्घटना हुने गरेको पाइन्छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021