नेकपा स्थायी समिति बैठक : ‘कालापानीका भारतीय फौज फिर्ता गर्नुपर्छ’

काठमाडौँ, ३० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक एक वर्षपछि सुरु भएको छ । स्थायी समितिको बैठक नबोलाएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेपछि स्थायी समितिको बैठक बोलाइएको हो । तीन–तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्ने भए पनि पार्टीभित्रको आन्तरिक किचलोका कारण स्थायी समितिको बैठक बस्न सकेको थिएन ।

एक वर्षअघि बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचनाका साथै राजनीतिक प्रतिवेदनसमेत परिमार्जन गर्नुपर्ने परिस्थिति आएपछि स्थायी समितिको बैठक बस्न सकेको थिएन । पार्टी एकता भएको डेढ वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी जिम्मेवारी पाएसँगै स्थायी समिति बैठक बोलाइएको हो ।

आइतबारबाट पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टी एकताले जनतामा राम्रो सन्देश गएको तर एकता प्रक्रियाले पूर्णता पाउन ढिलाइ हुँदा सांगठनिक हिसाबमा घाटा रहेको उल्लेख गरिएको छ ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको राष्ट्रियरअन्तर्राष्ट्रिय उपशीर्षकमा नेपालको लिम्पियाधुरा नै नेपाल भारतको सीमा रहेको र भारतले पछिल्लो समय जारी गरेको नक्सामा नेपाली भूभागसमेत मिचेर आफ्नो नक्सामा समेटेको उल्लेख गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021