स्व.मल्लको जन्मजयन्तीमा छम्पीमा निःशुल्क स्वास्थ्य शिवीर

ललितपुर, २९ मंसिर । साहित्यकार एवम् कुशल प्रशासक स्व.प्रा.खड्गमान मल्लको १०९ औं जन्मजयन्तीको अवसरमा गोदावरी नगरपालिकाको छम्पीस्थित छम्पी उच्च मावि हातामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरियो ।

खड्ग—प्राण स्मारक सांस्कृतिक गुठी ललितपुरको आयोजनामा भएको सो शिवीरमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिवीरमा आएका सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरि औषधि समेत वितरण गरिएको गुठीले जनाएको छ ।

शिवीरमा गुठीका सदस्य सचिव, वरिष्ठ शल्य चिकित्सक सहायक रथी डा. मदनमान मल्ल, फिजिसियन डा.किरण मानन्धर, स्त्रीरोग विशेषज्ञ डा.उन्नती अमात्य र डा.राम गुरुङ्ग सहितको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिवीरमा आएका अधिकांशको हाडजोर्नी र छाती दुख्ने समस्या भेटिएको गुठीका सदस्य सचिव डा.मल्लले बताए ।

यसअघि आयोजित कार्यक्रममा गुठीका सदस्य सचिव डा.मल्लले स्व.प्रा.खड्गमान मल्लको योगदानबारे चर्चा गरेका थिए भने स्थानीय वडाध्यक्ष आत्माराम थापा क्षेत्री र छम्पी माविका प्रधानाध्यापक सुरथ गौतम केसीले शिवीरका सहभागी चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021