आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

एजेन्सी, २९ मंसिर । बलिउड नायिका करिना कपुरले नायक आमिरको फिल्मका लागी अडिसन दिएकी छिन

भारतीय मिडियासँग कुरा गर्दै करिनाले भनिन्, ‘मैले आजसम्म अडिसन दिएको थिइनँ । न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए । तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान हुन् ।’

करिनाले अगाडि भनेकी छिन्, ‘मलाई थाहा छ, चलचित्रलाई लिएर आमिर कती धेरै केन्द्रित हुन्छन् । मैले चलचित्रको कथा पढ्दा नै मेरो भूमिकामा म खरो रुपमा उत्रिन्छु भनेर सोचिसकेको थिएँ । आमिर आफ्नो भूमिकाप्रति निकै गम्भिर हुन्छन्, मलाई उनको यो कुरा मनपर्छ ।’

‘मलाई अडिसन दिदा रिजेक्ट हुन्छु कि भनेर डर लागेको थिएनँ । सैफले पनि मलाई यो ठूलो कुरा होइन भनेर सुझाव दिएका थिए । हलिउडका कुनै पनि कलाकारले अडिसनविना चलचित्रमा काम पाउँदैनन् । सैफले मलाई तिमी जस्तो नायिकाले समेत अडिसन दिन थाल्यौ भने राम्रो हुन्छ भनेर सल्लाहा दिएका थिए । यसकारण पनि मैले यो चलचित्रका लागि अडिसन दिएँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, २८ बैशाख । कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021