आइतबार सार्वजनिक विदा

काठमाडौँ, २८ मंसिर । भोलि आइतवार अर्थात मंसिर २९ गतेका दिन सार्वजनिक विदा दिईएको छ ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो । एक सूचना निकाल्दै किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्तिको अवसरमा सार्वजनिक विदा दिइएको हो ।

थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिनु भएको थियो । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, ’हाम्रै गाउँपालिकामा जन्मिनुभएका उहाँले किराँत धर्म, भाषा र साहित्यको उत्थानमा योगदान गर्नुभएको थियो । सम्मानस्वरुप स्थानीय तहको नाम नै सिरिजंगा राखिएको हो र यस वर्षदेखि विदा समेत दिन थालेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021