चोरी निकासीबाट आयात हुने सरसामान र वस्तुलाई नियन्त्रण गर्न मन्त्री खतिवडाको निर्देशन

झापा, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले चोरी निकासीबाट आयात हुने सरसामान र वस्तुहरूलाई नियन्त्रण गर्न भन्सार कर्मचारीसहित सहभागी प्रहरीलाई निर्देशन दिनुभएको छ ।

आज भद्रपुर भन्सार कार्यालयको स्थलगत अनुगमनका क्रममा अर्थमन्त्री डा. खतिवडाले सुशासन र पारदर्शिता कायम राख्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री डा। खतिवडाले भद्रपुरसहित झापाको दक्षिणी नाकाबाट हुने अवैध कारोबारको अवस्थाका बारेमा समेत कर्मचारीसँग जानकारी लिनुभयो ।

जग्गा अधिग्रहणमा अर्थमन्त्रीको चासो भद्रपुर भन्सारको जग्गासहित पूर्वाधार स्तोरन्ततिका लागि छिटोभन्दा छिटो जग्गा अधिग्रहण गर्न अर्थमन्त्री डा. खतिवडाले भद्रपुर भन्सार प्रमुख खतिवडालाई निर्देशन दिनुभयो । अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, ‘अर्थमा भन्सारको स्तोरन्ततिका लागि पर्याप्त बजेट छ, छिटो काम सक्नुहोस्, पूर्वाधार पनि छिट्टै बन्छ ।’

कार्यक्रममा भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडा, मेची भन्सार कार्यालय काँकडभिट्टाका धुव्रकुमार विश्वकर्मा, आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख युवराज श्रेष्ठ, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थक्सु, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।