मकवानपुर, २८ मंसिर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रविखनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।