‘करोडपति सुब्बा’

काठमाडौँ, २८ मंसिर । इमानको कमाइ नगर्ने तर घुसको भारी बोकेर अदालत जाने प्रवृत्ति सरकारी कर्मचारीको लर्को लाग्दै गएको र त्यसमा पनि नायब सुब्बा स्तरका कर्मचारीको सहभागिता बढी पाइएको उल्लेख गरेको छ ।

भ्रष्टाचार र घुस प्रकरण रंगेहात पक्राउ पर्ने निजामती कर्मचारीमा नायब सुब्बा नै बढी छन् । आर्थिक वर्ष २०७५/७६ मा रंगेहात पक्राउ परेका १६१ कर्मचारीमध्ये ४७ जना सुब्बा छन् । ३२ शाखा अधिकृत, २९ खरिदार, २४ कार्यालय सहयोगी, १५ जुनियर कर्मचारी, १० उपसचिव, दुई सहसचिव र दुई सचिव छन् ।

निजामती सेवामा नासु तल्लो पद हो । तर, सेवा प्रवाहमा नासुको जिम्मेवारी अग्रपंक्तिमा रहन्छ । सरुवा भइरहने उपल्लो तहका हाकिमले हत्तपत्त सरुवा नहुने नासुसँग कामको सहजताका लागि पनि विश्वासमा लिन चाहन्छन् । आमसेवाग्राही र हाकिमबीच सम्पर्क सेतुको भूमिकामा पनि नासु नै हुन्छ ।

समाचारका अनुसार सरकारले तोकेको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २०० हुन्छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर धेरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्र हुन सक्छ । तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् । काठमाडौँलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो । भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् । यो समाचार नयापत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021