पर्यटन प्रवद्र्धनका लागि प्रदेशमा रहेका विमानस्थलको स्तरउन्नती गर्न आवश्यक : मन्त्री भट्टराई

काठमाडौँ, २७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताउँदै पर्यटन प्रवद्र्धनका लागि प्रदेशमा रहेका विमानस्थलहरुको स्तरउन्नती गर्न आवश्क रहेको उल्लेख गर्नुभएको छ ।

प्रदेश नम्बर १को प्रदेश स्तरिय पर्यटन प्रवद्र्धन समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको आर्थिक विकास र समृद्धिको आधार नै पर्यटन भएकाले पर्यटनकै माध्यमबाट आर्थिक वृद्धिदर बढाउन सकिने बताउनुभयो ।

प्रदेश नम्बर १ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने समेत बताउनुभयो ।

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अवको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गरिने बताउँदै भ्रमण वर्ष २०२० लाई आधार वर्षको रुपमा लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021