छिटो विकास गर्ने मुलुकको सूचीमा नेपाल : अर्थमन्त्री खतिवडा

झापा, २७ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताउनुभयो ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021