चितवनका तीन स्थानमा सवारी दुर्घटना, ३७ जना घाइते

चितवन, २७ मंसिर । चितवनका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।

शुक्रबार पूर्वी चितवनको राप्ती नगरपालिका-६ हर्दीमा वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई पल्टिंदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको भरतपुरमा उपचार भइरहेको छ ।

इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा  लु २ ख १५७९ नम्वरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भरतपुर महानगरपालिका-१८ बस्ने बर्ष २० की रजनी कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अन्यको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकाको सोही ठाँउमा बिहान दुई म्याजिक र दुई स्कारपियो एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  ना १ज ८३२८ नम्बरको म्याजिक, विपरित दिशाबाट जाँदै गरेको बा २१ च ३०३९ को स्कारपियो, बा ६ च ८३४५ नंम्बरको अर्को स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवनमा बिहानैबाट पानी परिरहेकोले दुर्घटनाका घटना बढेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021