दश किलो चरेससहित दुई जना पक्राउ

मकवानपुर, २७ मंसिर । दश किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले भीमफेदी गाउँपालिका २ बाट बाराकाे पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुत्लान मिया अन्सारीलाई पक्राउ गरेको हो ।

बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा चढेका उनीहरूबाट १० किलो २ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले