मलको कालोबजारी गर्ने एक जना पक्राउ

जनकपुरधाम, २७ मंसिर । रसायनिक मलको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका–३ का ३५ वर्षीय संजिवकुमार साहलाई पसलमा बजार भाउभन्दा बढी मूल्यमा मल बिक्री गरहेको अबस्थामा पक्राउ गरेकोप्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार संजिवको धनुषाधाम बजारमा रहेको संजिव बिज भण्डारका सञ्चालक हुन् । सोही ठाउँका रामबाबुप्रसाद यादवले समेत मलको कालोबजारी गर्दै आएको खुलेको छ। यादव फरार छन् ।

उनले सञ्चालन गरेको सफल कृषि भण्डार नामक पसलबाट ५० किलोग्राम तौलको युरिया मल ९५ बोरा, डिएपी मल २५ बोरा, सल्फेट मल १ बोरा र पोटास मल ९ बोरा बरामद गरिएको छ । बिहीबार बरामद भएको मल करिब तीन लाख ९१ हजार ६०० रुपैयाँ बराबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले