तीन जना मलेसियन पासपोर्टधारी श्रीलंकन नागरिक पक्राउ

काठमाडौँ, २७ मंसिर । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना मलेसियाको पासपोर्टधारी श्रीलंकन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विहीबार अपरान्ह विमानस्थलमा रहेको कतार एयरवेजको काउन्टरबाट तीन जना नागरिक बोर्डिङ पास लिएर अध्यागमन डेस्कतिर प्रस्थान गरे । उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए ।

तर उनीहरुलाई अध्यागमनका अधिकारीले त्यहाँबाट अघि जान अनुमति दिएनन । मलेसियाको पासपोर्टधारी उनीहरुमाथि अध्यागमन अधिकृतले शंकै शंकाले हेरे । किन भने उनीहरुले मले भाषा बोल्न र बुझ्न सक्दैनथे ।

अध्यागमनका अधिकृत उनीहरुमाथि प्रश्नै प्रश्न तेर्साएपछि उनीहरुले आफू श्रीलंकन नागरिक भएको स्वीकार गरे । यसरी अध्यागमनले नियन्त्रणमा लिएका ती जना श्रीलंकन नागरिकमा तनुषा जेवामनी,राबुशान जेवामाङ र इबराब्रु बचा रहेका छन ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बोकेको मलेसियन पासपोर्टसमेत नक्कली भएको खुल्न आएको छ । उनीहरुमाथि शुक्रबारबाट थप अनुसन्धान गरिने बताइएको छ । तस्करहरुको समूहले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा लिएको भन्दै प्रहरीले पनि यस विषयमा थप अनुसन्धान अघि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको