टेलिकमको २५ जिल्लामा एफटिटिएच सेवा

काठमाडौँ, २७ मंसिर । नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको जनाएको छ ।

टेलिकमको जारी विज्ञप्ति अनुसार नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच सेवा उपलब्ध गराइरहेको तथा काठमाडौँ उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवालाई २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार काठमाडौँमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

त्यसैगरी गोङ्गबु कार्यालयअन्तर्गत चमती, गोङ्गबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ ।

छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुङ्गेअड्डा तथा ढुङ्गेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडाअन्तर्गत वसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजीक, सुकेधारा र धुम्बाराही नजीक क्षेत्रमा यो सेवा उपलब्ध छ ।

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजीक, बिआइसिसीको उत्तर, ह्वाइट हाउस नजीक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी (गोठाटार) अन्तर्गत नमूना चोक, सनराइज चोक, काँडाघारी चोक नजीक र सनसिटी तथा चाबहिलमा कार्यालय नजीकको क्षेत्रमा यो सेवा उपलब्ध छ । ललितपुर जिल्लामा सैँबु, पाटन र ठैब कार्यालयबाट एफटिटिएच सेवा वितरण भइरहेको छ । सैँबुअन्तर्गत सैँबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालयअन्तर्गत बखुन्डोल नजीक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ ।

त्यसैगरी ठैब कार्यालयअन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाइँटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटिटिएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुरअन्तर्गत जितपुर र नगरकोट तथा ठिमीअन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजीकै, क्याबिनेट २५ मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी विराटनगर, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, कास्की, सुर्खेतलगायत जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराइरहेको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा रु आठ हजार रुपैयाँमा उपलब्ध छ । हालसम्म कम्पनीका यस सेवाका ग्राहक सङ्ख्या १५ हजार आठ सय रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021